दफा ३
नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार
नेपाल प्रहरीको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) मुलुकमा शान्ति सुरक्षा कायम राखे र अपराधको रोकथाम तथा नियन्त्रण गर्ने,
(ख) नेपाल सरकारले तोकेका महत्त्वपूर्ण व्यक्ति, स्थान, निकाय, राष्ट्रिय महत्वका आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय राजमार्ग, राजमार्ग तथा विदेशी क्टनीतिक नियोगको सुरक्षा गर्ने,
(ग) सार्वजनिक सुरक्षा व्यवस्था, अपराध, साम्प्रदायिक वा सामाजिक विद्रेश वा कुनै प्रकारको अतिवादसँग सम्बन्धित आवश्यक सूचना सङ्कलन गर्ने, त्यस्तो सूचना नेपाल सरकारलाई उपलब्ध गराउने र सोको नियन्त्रणका लागि आवश्यकता अनुसार तत्काल परिचालित हुने,
(घ) अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि सम्बन्धित निकायहरुबीच समन्वय कायम गर्ने र सो सम्बन्धमा आवश्यक सहयोग जुटाउने,
(ङ) नेपाल सरकारको स्वीकृति लिई अपराध रोकथाम, अनुसन्धान तथा नियन्त्रण सम्बन्धमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय तहमा समन्वय र पारस्परिक सहयोगको आदान प्रदान गर्ने,
(च) विपद्का समयमा उद्वार, राहत, पुनर्स्थापना लगायतका विपद् व्यवस्थापन सम्बन्धी कामका लागि विपद् प्रभावित जुनसुकै क्षेत्रमा परिचालित हुने र आवश्यक समन्वय गर्ने,
(छ) मुलुकभरको सुरक्षा अवस्थाको सूचना सङ्कलन, विश्लेषण र मूल्याङ्कन गरी आवश्यक सुरक्षा उपायहरु अवलम्बन गर्ने,
(ज) नेपाल प्रहरी र प्रदेश प्रहरीको व्यावसायिक कार्यसम्पादन र सङ्गठनात्मक आवश्यकताको लागि हातहतियार, खरखजाना र सञ्चार साधनको व्यवस्था मिलाउने,
(झ) आधारभूत मानव अधिकारको रक्षा, शान्ति र सुव्यवस्था एवं अमनचयन कायम गरी सुशासन प्रवर्दनमा सहयोग पुरयाउने,
(ज) संयुक्त राष्ट्रसङ्घीय मिशन तथा शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अन्य मिशनहरुमा मन्त्रालयको नीतिगत निर्देशनको अधीनमा रही सहभागी हुने र सो कार्यमा प्रदेश प्रहरीलाई समेत सहभागी गराउने,
(ट) अपराध सम्बन्धी राष्ट्रिय अभिलेखको व्यवस्था गर्ने,
(ठ) प्रदेश प्रहरीको दक्षता अभिवृद्धि गर्न तालीमको व्यवस्था, उपकरण, प्रविधि, बिधि विज्ञान लगायतका विषयमा सहयोग गर्नुका साथै प्रदेश प्रहरीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने,
(ड) प्रदेश प्रहरीबाट सहयोग माग भई आएका विषयमा आवश्यक सहयोग गर्ने,
(ढ) शान्ति सुरक्षाको स्थितिको लेखाजोखा गर्ने, शान्ति सुरक्षा सम्बन्धी खतरा, चुनौती र जोखिम सम्बन्धमा प्रदेश प्रहरीसँग सूचना आदान प्रदान गर्ने, प्रदेश प्रहरीलाई आवश्यक सल्लाह सुझाव दिने र प्रदेश प्रहरीलाई जानकारी गराई आवश्यकता अनुसार प्रहरी कर्मचारी खटाउने,
(ण) ट्राफिक व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
(त) सङ्घीय कानूनले तोकेका अन्य विशेष प्रकृतिका प्रहरी कारबाहीमा परिचालित हुने,
(थ) नेपाल सरकारले समय समयमा तोकेका कार्यहरु गर्ने,
(द) प्रचलित सङ्घीय कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने गराउने ।